थपिए दुई हजार ६७४ शहीद (सूची)
सरकारले थप दुई हजार ६७४ जनालाई शहीद घोषणा गरेको छ। योसँगै शहीदको संख्या ११ हजार १४१ पुगेको छ।
सरकारले फागुन २४ मा उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयका आधारमा शहीदको नामावली राजपत्रमा प्रकाशन भएको छ।
मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरूप शहीद घोषणा गर्ने निर्णय गरेको जनाएको छ। थपिएका शहीदको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
गत वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशन गरेको थियो। शहीद परिवारलाई राज्यले १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ।
नयाँ शहीदको सूची :