अन्तर्राष्ट्रिय क्रिकेटमा आकाश चन्दको ‘डेब्यू’
युवा बलर आकाश चन्दले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छन्।
चन्दले शनिबार हङकङ विरुद्धको खेलमा ‘डेब्यू’ गरेका हुन्। मध्यम गतिका बलर चन्द नेपालको टोलीबाट अन्तर्राष्ट्रिय टी-२० खेल्ने ४६औं खेलाडी बनेका छन्। यू-१९ टोलीमा राम्रो प्रदर्शन गरेका चन्दले राष्ट्रिय टोलीमा स्थान पाएका हुन्।
नेपाल र हङकङबीच मिसन रोड ग्राउन्डमा टी-२० खेल शुरू भएको छ। टस हारेको हङकङले ब्याटिङको निम्तो पाएको छ।
रोहित पौडेलको नेतृत्वमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली टोलीमा कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जीसी, सागर ढकाल, रसिद खान र आकाश चन्द छन्।
हङकङ भ्रमणमा रहेको नेपाली टोलीले एउटा टी-२० मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसपछि नेपाल, हङकङ र पपुवा न्यूगिनी सम्मिलित टी-२० शृंखलामा प्रतिस्पर्धा हुनेछ।