एनएमबि ब्यांकद्वारा लैंगिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा
एनएमबि ब्यांकले लैंगिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ।
समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रबर्द्धन गर्न जीईएसआई योजना सार्वजनिक गरिएको ब्यांकले जनाएको छ। यस योजनाले समाजमा विविधता प्रवर्द्धन, सीमान्तीकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोत्साहन गर्ने विश्वास गरेको छ।
ब्यांकले यो योजना कार्यान्वयन गर्दै महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा ह्वीलचेयर र्याम्प स्थापना गरेको छ।
यससँगै महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व कार्यक्रम समेत शुरूआत गरिसकेको छ। महिला उद्यमीलाई प्रोत्साहन गर्न ब्यांकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराउँदै आएको छ।
एनएमबि ब्यांकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ। सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खाता लगायत प्रदेश केन्द्रित बचत खाता चल्तीमा ल्याइसकेको छ।