मन्त्री टुंगो लगाउन जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपाले बैठक बोलाएको हो। पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यसअघि नयाँ सत्ता समीकरण बनाउने क्रममा सोमबारै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपाबीच आठबुँदे सहमति भएको थियो। तर हिजो भएको मन्त्रिपरिषद् गठनमा जसपाले मन्त्री चयन गरेको थिएन।