भीडभाड हुने स्थानमा क्यामेरा जडित प्रहरी परिचालन
काठमाडौं जिल्ला प्रहरी परिसरले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ (शरीरमा जडित) क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको छ।
यो प्रविधि ‘क्विक रेस्पोन्स टीम’ (क्यूआरटी)सँग हुनेछ। भीडभाड हुने स्थानमा यो क्यामेरा जडित प्रहरी परिचालन हुने परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए।
यो टीमलाई जीपीएस प्रविधियुक्त उपकरण, घुँडा र कुहिनामा लगाउने प्याड, हेल्मेट, चश्मा लगायत सुरक्षा उपकरण उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले फागुन २३ गते परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए।