गृहमा रवि लामिछाने, रास्वपाबाट को को बन्दै छन् मन्त्री?
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार जना मन्त्री बन्ने भएका छन्।
पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्। यस्तै, उपसभापति डीपी अर्याल श्रम, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले भने, “पार्टीमा चारै जनाको नाम सर्वसम्मत चयन भएको हो।”
अर्यालले भने कार्यभार पछि तोकिने गरी सोमबारै मन्त्रीका रूपमा शपथ ग्रहण गरिसकेका छन्।