माओवादीद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा र प्रमुख सचेतक इन्द्रजित थारूले एक विज्ञप्ति जारी गरेर संविधानको धारा १८८ को उपधारा २ अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्।