बन्दीपुरमा ग्लोबल आइएमई ब्यांंकको शाखारहित ब्यांकिङ सेवा सञ्चालन
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले थप दुई स्थानबाट शाखारहित ब्यांंकिङ सेवा सञ्चालन गरेको छ।
ब्यांकले तनहुँको बन्दीपुर गाउँपालिका-६, हुस्लाङ र बन्दीपुर गाँउपालिका-६, साराङघाटमा शाखारहित ब्यांकिङ सेवा सञ्चालन गरेको हो। योसँगै ब्यांकको शाखारहित ब्यांंकिङ सेवा २७७ ठाउँमा पुगेको छ।
ब्यांकले देशका सबै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। देशभर ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित ब्यांंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।