एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन्।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले दुवै जनालाई जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेका छन्।
उनको ठाउँमा बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो। यसअघि बर्तौला सचेतक थिए।
त्यस्तै, बर्तौलाको ठाउँमा बराललाई ल्याइएको हो। दुवै विद्यार्थी राजनीतिबाट आएका नेता हुन्।