नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य
त्रिदेशीय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै नेपालले आठ विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५, कुशल भुर्तेलले २०, करण केसीले नौ, सोमपाल कामी र प्रतिश जीसीले ६-६ रन बनाए।
नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान, मिचेल लेभिट र सिब्रान्ड इंगेलब्रिचले दुई-दुई विकेट लिए।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलामा नामिबिया समूह चरणबाट बाहिरिएको थियो। अंकतालिकाको शीर्षस्थानमा रहेका नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन्।