एमाले र रास्वपा सरकारमा, को को बने मन्त्री?
सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा फेरदबल गरेका छन्।
प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्री नियुक्त गरेका हुन्। नेकपा (एमाले)बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल मन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त तीनै जना मन्त्रीले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रपति पौडेलले शपथ खुवाएका छन्। नवनियुक्त मन्त्रीको जिम्मेवारी तोकिन भने बाँकी छ।
प्रधानमन्त्री दाहालले अन्य मन्त्रालय भने आफूसँगै राखेका छन्। यसअघि सरकारमा सहभागी सबै मन्त्रीलाई हटाइएको छ।