गठबन्धन भत्किए लगत्तै देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्किएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
सभापति देउवाले फागनु २२ गते दिउँसो तीन बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) लगायत दलसँग नयाँ गठबन्धन बनाएपछि देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।