आजै सरकार परिवर्तन हुन्छ : सुरेन्द्र पाण्डे
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने जनाएका छन्।
एमाले सचिवालय बैठकपछि सामाजिक सञ्जाल मार्फत उपाध्यक्ष पाण्डेले आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् गठन हुने सार्वजनिक गरेका हुन्। पाण्डेले भनेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै।’
उनले सानो आकारको मन्त्रिपरिषद् बन्ने बताएका छन्। नयाँ मन्त्रिपरिषद्ले आजै शपथ लिने पनि उनको दाबी छ। पाण्डेले लेखेका छन्, ‘सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले सचिवालय बैठक बसेको थियो। बैठकमा नयाँ समीकरणबारे छलफल भएको जनाइएको छ।