‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीनमा बीवाईडी
‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीन प्रतिस्पर्धीमा बीवाईडीको सिल सेडान मोडेलको कार परेको छ।
बीवाईडी कारले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै अन्तिम तीनमा आफूलाई पार्न सफल भएको हो। बीवाईडीको सिल ‘वर्ल्ड कार अफ द इयर २०२४’ अन्तिम स्पर्धामा परेको हो भने डल्फिन मोडल ‘वर्ल्ड उर्बन कार’ को स्पर्धामा छ।
‘वर्ल्ड कार अफ द इयर’ को स्पर्धामा शीर्ष तीन स्थानभित्र पर्ने एक मात्र चिनियाँ कारका रूपमा बीवाईडीले नयाँ कीर्तिमान पनि राखेको छ। ‘वर्ल्ड कार अफ द इयर’ विशेषतः अन्तर्राष्ट्रिय मोडेलमा आधारित हुन्छ र सवारीसाधनको दुनियाँमा यो घोषणालाई खूबै महत्त्वका साथ हेर्ने गरिन्छ।
बीवाईडीको सिल मोडेलको कार ‘यूरोपियन कार अफ द इयर २०२४’ का लागि पनि छनोट भएको छ।