सातै प्रदेशमा ग्लोबल आइएमई ब्यांकको वित्तीय साक्षरता
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न वर्गलाई पहिचान गरेर सातै प्रदेशका ३५ वटा शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको ब्यांकले जनाएको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, विप्रेषण प्रापक तथा स्थानीय युवा सहभागी थिए।
यसमा चार हजारभन्दा बढी नागरिकलाई बचत, कर्जा, रेमिटेन्स, डिजिटल ब्यांंकिङ, बीमा, लगानी, अतिरिक्त ब्यांंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी जानकारी दिइएको ब्यांकले जनाएको छ।
मुलुकका ७७ वटै जिल्लामा यस ब्यांकका शाखा छन्। ब्यांंकले ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित ब्यांकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ब्यांकिङ सेवा प्रवाह गर्दै आएको छ।