निषेधित क्षेत्रको विरोधमा उत्रिए राजेन्द्र महतो (तस्वीरहरू)
सरकारले काठमाडौंका विभिन्न ठाउँमा निषेधित क्षेत्र तोकेको विरोधमा राजेन्द्र महतोको नेतृत्वमा प्रदर्शन गरिएको छ।
महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको हो। कमलपोखरीबाट शुरू भएको मार्च भद्रकाली हुँदै माइतीघर मण्डल पुग्ने कार्यक्रम थियो।
निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि प्रहरीले रोकेको छ। प्रहरीसँगको झडपमा महतो लगायत नेता तथा कार्यकर्ता घाइते भएका छन्।