बीवाईडीका ग्राहकलाई यूरो कप हेर्न जर्मनी जाने अवसर
विद्युतीय गाडी उत्पादक बीवाईडी कम्पनीको नेपाल एजेन्ट सिमेक्स इन्कले यूरो कप लक्ष्यित ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ।
कम्पनीले आगामी असार १ मा शुरू हुने सन् २०२४ को यूरो कप फूटबल प्रतियोगिता लक्ष्यित योजना ल्याएको हो। यूफा युनियन अफ यूरोपियन फूटबल एशोसिएशन र न्यू इनर्जी भेहिकलको प्रमुख निर्माता बीवाईडीबीच पहिलो पटक साझेदारी सम्झौता भएको पनि कम्पनीले जनाएको छ।
सिमेक्सले जनाए अनुसार ११ जना भाग्यशाली ग्राहकले यूरो कपको मजा लिन पाउनेछन्। यस योजनाले ग्राहकलाई अविस्मरणीय अनुभव दिने कम्पनीको अपेक्षा छ।
जर्मनीका १० वटा रंगशालामा हुने लागेको यूरो कपको सन् २०२४ को आधिकारिक साझेदार रहेको बीवाईडीले फूटबलप्रेमी ग्राहकलाई जर्मनीको रंगशालामा गएर यूरो कप हेर्ने अवसर प्रदान गर्न लागेको हो।