नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
त्रिदेशीय टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सले चार विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले ५४, सिब्रान्ड इंगेलब्रेचले ४९, स्कट इडवार्डसले ३३ र तेजा निदामनुरुले ३१ रन बनाए।
नेपालका लागि करण केसी र कुशल मल्लले एक एक विकेट लिए। नेपालका अन्य बलर महँगा सावित भए।
यस शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। आज दोस्रो खेलमा पनि नेपाली बलर चल्न सकेनन्।