इटनले तोडे कुशलको विश्वकीर्तिमान
नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटनले टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० रन पूरा गर्दै विश्वकीर्तिमान बनाएका छन्।
इटनले नेपाल विरुद्ध केवल ३३ बलमा आफ्नो शतक पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान नेपालका कुशल मल्लको नाममा थियो। कुशलले सन् २०२३ मा भएको एशियाली खेलकूदमा मंगोलिया विरुद्ध ३४ बलमा शतक बनाएका थिए।
जारी टी-२० त्रिकोणात्मक शृंखला अन्तर्गत जारी खेलमा इटनकै शतकको मद्दतमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य पनि दिएको छ।
अहिले नेपाल जवाफी ब्याटिङ गर्दै छ। पाँचौं ओभर सकिंदा नेपालले दुई विकेटको क्षतिमा ४५ रन बनाएको छ। नेपालका कुशल भुर्तेल शून्य रनमा र आशिफ शेख ६ रनमा आउट भएका थिए।