इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर
इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेल विरुद्ध जिल्ला अदालत, काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।
यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले कँडेल विरुद्ध आइतबार मुद्दा दायर गरेको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए। स्रेस्तेदार शर्माका अनुसार कँडेल विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको माग गरिएको छ।
यो दफामा यौन दुर्व्यवहारलाई कसूर उल्लेख गरिएको छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। पीडित महिलाले हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेकी छन्।