त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा
काठमाडौंमा हुने त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाल क्रिकेट संघले नेपाली टोली घोषणा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारदेखि शुरू हुने शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी पुरुष विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्स र नामिबिया नेपाल भ्रमणमा आएका हुन्।
शृंखलाका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो। नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा छन्।
यसअघि भएको लिग-२ मा भने नेपालको प्रदर्शन राम्रो रहेन। नेपालले चार खेलमा एक खेल मात्रै जित्न सक्यो।
नेपाल भ्रमणमा रहेका नामिबियाले चारमध्ये तीन र र नेदरल्यान्ड्सले दुई खेल जिते। लिग-२ को अंकतालिकामा नामिबिया ६ अंक सहित शीर्षस्थानमा छ भने नेदरल्यान्ड्स चार अंक सहित दोस्रो स्थानमा छ। नेपाल भने तेस्रो स्थानमा छ।