मतदाता नामावली दर्ता स्थगन
निर्वाचन आयोगले देशैभरि मतदाता नामावली दर्ता स्थगन गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन घोषणा भइसकेकाले मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
आयोगले वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचन मिति तय गरेको छ।