वैशाख १५ गते उपनिर्वाचन
निर्वाचन आयोगले आगामी वैशाख १५ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ।
इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन तय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। थपलियाका अनुसार आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तोकेको हो।
इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। त्यस्तै, गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ को प्रदेश सभा सदस्य पद रिक्त भएको हो।