एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित
नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन्।
लामो विवादपछि भएको निर्वाचनमा डेजी पाण्डेलाई पराजित ढुंगाना अध्यक्ष बनेका हुन्। ढुंगानाले २८७ मत पाए। उनका प्रतिस्पर्धी पाण्डेले २१८ मत पाए। त्यस्तै, अर्का उम्मेदवार दुर्गा जोशीले ६३ मत पाए।
निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गंगाकुमारी चौधरी निर्वाचित भएका छन्।
जिल्ला अधिवेशन शुरू भएको ६ दिनपछि गएराति मतदान भएको थियो। मतगणना भने आज सकिएको हो। जिल्ला अधिवेशनका लागि ५९१ मतदाता रहेकोमा ५७७ मत खसेको थियो।