भ्रातृ तथा शुभेच्छुक संस्थाबाट तीन र विवादित सबै प्रतिनिधिहरू महासमिति बैठकमा भाग लिन पाउने
नेपाली कांग्रेसले विवादित जिल्ला र क्षेत्रका सबै प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाबाट अध्यक्ष सहित तीन प्रतिनिधिलाई बैठकमा सहभागी गराउने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएका वा सर्वसम्मत हुन नसकेका वा अन्य कारणले टुंगो लाग्न नसकेका क्षेत्र र जिल्लाका प्रतिनिधिलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउन लागेको हो।
त्यसैगरी, १२ भ्रातृ संस्था र ६ शुभेच्छुक संस्थाबाट अध्यक्ष सहित तीन जना प्रतिनिधिले बैठकमा भाग लिन पाउने भएका छन्। पार्टीको १४औं महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय समेत गरेको छ।
आमन्त्रित गरिने निर्वाचन क्षेत्र
१. बारा क्षेत्र नं ३
२. पर्सा क्षेत्र नं १
३. धादिङ क्षेत्र नं १
४. काठमाडौं क्षेत्र नं ५
५. दाङ क्षेत्र नं ३
६. कञ्चनपुर क्षेत्र नं १
७. बाग्लुङ क्षेत्र नं २
८. सिन्धुली क्षेत्र नं २
आमन्त्रित गरिने जिल्लाहरू
१. सोलुखुम्बु
२. खोटाङ
३. दोलखा
४. ओखलढुंगा
अध्यक्ष सहित तीन प्रतिनिधि भाग लिन पाउने भ्रातृ संस्थाहरू
१. नेपाल विद्यार्थी संघ
२. नेपाल महिला संघ
३. नेपाल तरुण दल
४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
५. नेपाल लोकतान्त्रिक खेलकूद संघ
६. नेपाल किसान महासंघ
७. नेपाल थारू संघ
८. राष्ट्रिय लोकतान्त्रिक अपांग संघ
९. नेपाल प्रजातन्त्र सेनानी संघ
१०. नेपाल दलित संघ
११. नेपाल भूतपूर्व सैनिक संघ
१२. नेपाल मुस्लिम संघ
अध्यक्ष सहित तीन प्रतिनिधि भाग लिन पाउन शुभेच्छुक संस्थाहरू
१. नेपाल ट्रेड युनियन कांग्रेस
२. नेपाल शिक्षक संघ
३. नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन
४. सेन्टर फर डेमोक्र्याटिक इन्जिनीयर्स नेपाल
५. प्रजातन्त्रवादी चिकित्सक संघ
६. नेपाल प्रेस युनियन
फागुन ७ गते ललितपुरको गोदावरीमा शुरू महासमिति बैठक १० गतेसम्म चल्नेछ।