विश्व सामाजिक मञ्चको काठमाडौं संस्करण सम्पन्न
काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चको १६औं संस्करण सोमबार सम्पन्न भएको छ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना भएको सम्मेलनमा विभिन्न देशका नागरिक आन्दोलनका अगुवा सहभागी थिए। फागुन ३ गतेदेखि शुरू भएको सम्मेलनमा दलित, आदिवासी, अल्पसंख्यक, मजदूर, महिला, किसान, युवा, पर्यावरण, जल, जमीन, जंगलका विषयमा बहस गरिएको थियो।
पाँच दिनसम्म ४०२ सत्रमा ५५ देशका नागरिकले आआफ्ना समस्या सुनाएका थिए। विश्वका विभिन्न मुद्दामा आधारित रहेको अभियन्ता, अधिकारकर्मीले बहस गरेका थिए।
काठमाडौं संस्करणमा उठेका विषयवस्तु र मुद्दालाई साझा मुद्दाका रूपमा अंगीकार गर्दै सम्मेलन समापन भएको हो। संसारभरबाट सहभागी अभियन्ताले वैकल्पिक विश्वका लागि क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
यो पनि पढ्नुहोस् : काठमाडौंबाट संसारलाई सहिष्णु र बहुलताको सन्देश