एमजीका चार्जिङ स्टेशनको सफ्टवेयर अपग्रेड गरिंदै
एमजी (मोरिस ग्यारेज) मोटर्सको वितरक पारामाउन्ट मोटर्स प्रालिले देशभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेशनको मर्मत र सफ्टवेयर अपग्रेड गर्दै छ।
फागुन ७ गतेदेखि मर्मत तथा अपग्रेड सम्बन्धी कार्य शुरू हुने भएकाले सेवा अवरुद्ध हुने कम्पनीले बताएको छ। मर्मतसम्भार, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले जानकारी दिएको छ। यो अवधिमा ३० किलोवाट डीसी चार्जिङ स्टेशन उपलब्ध नहुने जनाएको छ।
आगामी दिनमा सहज सेवा प्रदान गर्न आवश्यक भएको र यसले ग्राहकको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको भनाइ छ।