नेपालले मलेशियालाई दियो ११६ रनको लक्ष्य
एसीसी महिला टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ।
मलेशियामा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।
मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपाल कुवेतलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। त्यसअघि लिग चरणका पनि सबै खेल जितेको थियो।