बझाङको परकाट्ने केन्द्रबिन्दु भएर गयो भूकम्प
बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने २०० जनाभन्दा बढी व्यक्ति घाइते थिए।