पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ
ललिता निवासको सरकारी जग्गा निजी स्वामित्वमा लगेको प्रकरणमा पूर्व मन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्।
विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्।
बालुवाटारस्थित सरकारी जग्गा टिकिन्छा गुठीको नाममा हक हस्तान्तरण गर्ने निर्णय भएको थियो। अघिल्लो मन्त्रीस्तरीय निर्णयलाई अघि बढाउन स्वीकृति दिएकै आधारमा दोषी करार गर्न उचित नहुने विशेष अदालतको ठहर छ।
त्यसमा कुनै बदनियत नदेखिएकाले पूर्व मन्त्री जोशीलाई सफाइ दिइएको विशेष अदालतको फैसलामा भनिएको छ।