नामिबिया विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग-२, २०२३-२७ अन्तर्गतको आज नेपाल र नामिबिया भिड्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजेबाट खेल शुरू हुनेछ। नामिबियाले टस जितेर पहिला फील्डिङ गर्ने निर्णय लिएको छ। नेपाल नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको छ भने नामिबियाको टोलीको नेतृत्व जेरार्ड एरास्मसले गर्दै छन्।
यसअघि नामिबिया विरुद्धका पछिल्ला तीन खेलमध्ये नेपाल दुईमा विजयी भएको थियो। नेपाली टोलीको शुरूआती ११ मा कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, सोमपाल कामी, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल, गुल्सन झा, करन केसी, पवन सर्राफ र ललित राजवंशी छन्।
यस शृंखलामा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित छन्। समग्र लिग-२ प्रतियोगितामा भने क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका समेत गरी आठ टोली सहभागी हुनेछन्।