कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका-१, सुरही पुल नजीकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुप-प्र-०२-००१ख ००९८ नम्बरको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ। मृतकको विवरण आइसकेको छैन। कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनाका ३० जना घाइतेमध्ये नौ जनालाई उपचारका लागि बुटवल पठाइएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए। -रासस