टुरिज्म हिरो अवार्डस् चैत पहिलो साता
आउँदो चैत पहिलो साता काठमाडौंमा टुरिज्म हिरो अवार्डस् प्रदान गरिने भएको छ भने त्यसका लागि नोमिनेशन खुला गरिएको छ।
नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ। ग्लोबल टुरिज्म प्रोमोशन काउन्सिलले विशेष समारोह आयोजना गरेर विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिनेछ।
आउँदो चैत ६ गते आयोजना गरिने विशेष समारोहमा होटलतर्फका १४ तथा पर्यटनका १७ विधामा ५०० भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। यसका लागि नोमिनेशन खुला गरिएको काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले बताए।
टुरिज्म हिरो अवार्डस् २०२४ को वेबसाइट टुरिज्म हिरो डट ओआरजीमा गएर नोमिनेशन फाइल गर्न सकिनेछ। यसरी प्राप्त नोमिनेशनमध्ये संक्षिप्त सूची जारी गरी भोटिङका लागि आह्वान गरिनेछ। सार्वजनिक भोटिङका आधारमा जुरीले अन्तिम निर्णय गर्नेछन्।
यो सबै प्रक्रिया निःशुल्क रहेको कार्यक्रम संयोजक प्रमिलाले बताइन्। भोटिङलाई पारदर्शी बनाउन तथ्यांकलाई पब्लिक डोमेनमा उपलब्ध गराइने उनले बताइन्।
अवार्डमा समवेश विधा :
१) बेस्ट ट्राभल एजेन्सी अफ द इअर
२) बेस्ट ट्राभल एजेन्सी अफ द इअर- होलिडे
३) बेस्ट ट्राभल एजेन्सी अफ द इअर- इनबाउन्ड
४) बेस्ट टेक्नोलोजी फर ट्राभल एन्ड टुरिज्म
५) सीईओ अफ द इअर- हस्पिटालिटी
६) सीईओ अफ दि इअर- ट्राभल
७) बेस्ट टुरिज्म स्टार्टअप अफ द इअर
८) टुरिज्म पर्सनालिटी अफ द इअर- जर्नालिस्ट
९) टुरिज्म पर्सनालिटी अफ द इअर- अन्टरप्रेन्युअर
१०) टुरिज्म पर्सनालिटी अफ द इअर- एनआरएन
११) टुरिज्म पर्सनालिटी अफ द इअर- वुमन अन्टरप्रेन्युअर
१२) टुरिज्म पर्सनालिटी अफ द इअर- ब्रान्डिङ एन्ड मार्केटिङ
१३) मस्ट आइकोनिक इन्फ्रास्ट्रक्चर
१४) म्युनिसिपालिटी अफ द इअर
१५) रुलर म्युनिसिपालिटी अफ द इअर
१६) मेयर अफ द इअर
१७) टुरिज्म हिरो २०२४
होटल तर्फ:
१) बेस्ट होटल अफ द इअर- फाइभ स्टार
२) बेस्ट होटल अफ द इअर- फोर स्टार
३) बेस्ट होटल अफ द इअर- थ्री स्टार
४) बेस्ट रिसोर्ट अफ द इअर
५) बेस्ट बुटीक होटल अफ द इअर
६) बेस्ट होटल- टुरिस्ट स्टान्डर्ड नन्स्टार
७) बेस्ट चेन होटल अफ द इअर- न्याशनल
८) बेस्ट होटल अफ द इअर- डिजाइन एन्ड इन्फ्रास्ट्रक्चर
९) बेस्ट होटल अफ द इअर- इको फ्रेन्ड्ली
१०) बेस्ट रेस्टुराँ अफ द इअर
११) बेस्ट चेन रेस्टुराँ अफ द इअर- न्याशनल
१२) बेस्ट सेफ अफ द इअर- नेपाली
१३) बेस्ट सेफ अफ द इअर- इन्टरन्याशनल
१४) बेस्ट क्यासिनो अफ द इअर