अक्षरारम्भ गरी मनाइँदै सरस्वती पूजा (तस्वीरहरू)
विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी आज देशभर सरस्वती पूजा मनाइँदै छ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी पनि भनिन्छ।
काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा सरस्वती पूजाको अवसरमा बिहानैदेखि सर्वसाधारण, शिक्षक तथा विद्यार्थीको भीड लागेको छ। विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। आजकै दिन बालबालिकालाई पढाउन प्रारम्भ पनि गरिन्छ। वैदिक पद्धति अनुसार गरिने १६ संस्कारमध्येको एक यस कार्यलाई अक्षरारम्भ भनिन्छ।
सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी पनि देवी मानिन्छ।