कानून यात्रा पडकास्टमा प्राध्यापक युवराज संग्रौला
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं।
यस शृंखलामा काठमाडौं स्कूल अफ लका संस्थापक एवं प्राध्यापक युवराज संग्रौलासँग कुराकानी गर्दै छौं। प्राध्यापक संग्रौलाले त्रिभुवन विश्वविद्यालयमा आफ्नो अध्यापन यात्रा र त्रिवि छोड्न बाध्य भएपछि काठमाडौं स्कूल अफ ल स्थापना गर्दासम्मका घटना सुनाउनेछन्। कानून अध्ययन गरिरहेका नेपालका विभिन्न स्थानका विद्यार्थीसँगको प्रश्नोत्तर खण्डमा उनले पाठ्यक्रमको विकेन्द्रीकरणको महत्त्वबारे बताउनेछन्। विद्यार्थी, शिक्षक र व्यवस्थापनबीचको बहसलाई सुधार्दै पुस्तान्तरणको चुनौतीलाई सम्बोधन गर्नुपर्ने उनको राय छ।