यारिस क्रस हाइब्रिड नेपाली बजारमा
टोयोटा गाडीको वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा ल्याएको छ।
यो नयाँ यारिस क्रसको लम्बाइ ४३१० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर पाउन सकिन्छ।
यसमा अटोमेटिक हाइबीम सहितको हेडलाइट, एलईडी डीआरएल, एलईडी फग लाइट र कनेक्टेड एलईडी टेललाइट दिइएको छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टिकलर एम्बियन्ट लाइट पनि दिएको छ।
यो मोडलमा आठ वे पावर इलेक्ट्रिक ड्राइभर सीट, वायरलेस मोबाइल चार्जर, एपल कारप्ले, एन्ड्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट रहेको छ।
सुरक्षाका लागि एसयूभीमा ६ एअरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुवै साइडमा पार्किङ सेन्सर जस्ता आधुनिक फिचर रहेको कम्पनीले जनाएको छ।
नेपाली बजारमा यसको मूल्य एक करोड २२ लाख रुपैयाँ रहेको छ।