विवादित व्यक्तिलाई उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले बोलायो शिक्षामन्त्री
भ्रष्टाचारमा मुछिएका तथा बौद्धिक चोरीका आरोपितलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले माघ २९ गते बिहान ११ बजे शिक्षामन्त्री राईलाई बोलाएको हो। समितिको आइतबारको बैठकमा सांसदहरूले उपकुलपतिमा भ्रष्टाचारको आरोप लागेका र बौद्धिक चोरीमा नाम मुछिएकालाई नियुक्ति गर्न लागेको भनेर विरोध गरेपछि छनोट प्रक्रियाबारे जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय भएको समितिले जनाएको छ।
उपकुलपति बन्न आवेदन दिएका ४३ जनामध्ये तीर्थ खनियाँ, केशरजंग बराल, कुसुम शाक्य, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा अन्तर्वार्ताका लागि छनाेट छन्।
यो पनि पढ्नुहोस् : जाँचबुझ आयोगले सरकारी नियुक्तिका लागि अयोग्य ठहर गरेकै व्यक्तिलाई उपकुलपति बनाउने तयारी