क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य
एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
क्यानडाले राम्रो शुरूआत गरेको थियो। मध्यतिर नेपालले लगातार विकेट लिएपछि दबाबमा परेको थियो। तर पुछारका ब्याटरले राम्रो प्रदर्शन गरेपछि प्रतिस्पर्धात्मक स्कोर बनाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको क्यानडाले नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।
नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक एक विकेट लिए।
तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेल नेपालले जितेको थियो।