युनिलिभरको नयाँ डिजिटल अभियान ‘नजिक आऊ’
युनिलिभर नेपालको उत्पादन क्लोजअपले भ्यालेन्टाइन डेको अवसरमा युवा वर्ग लक्ष्यित ‘नजिक आऊ’ डिजिटल अभियान शुरू गरेको छ।
यस अभियानले युवा वर्गलाई एकअर्कासँगको सामीप्यलाई सबल सम्बन्धमा परिणत गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ। प्रेमिल पर्व भ्यालेन्टाइन डेका अवसरमा विगत वर्षमा झैं ‘नजिक आऊ’ अभियानलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।
कम्पनीले अभियान अन्तर्गत शुरू गरेको वेबसिरिजमा चार भिन्न प्रंसगका भिन्न कथा छन्, जसमा उत्कृष्ट प्रतिक्रिया दिनेलाई पुरस्कृत गरिनेछ। साथै, कम्पनीले भ्यालेन्टाइन डेकै लागि शुरू गरेको वेबसाइटमा जोकोही सहभागी भएर प्रश्नोत्तर गर्न सक्ने र आफ्नो भावना पोख्न सक्नेछन्। छानिएका सय भावनालाई कम्पनीले प्रचार गर्नेछ भने तीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्नेछ।
उत्कृष्ट सहभागीले पाँचतारे होटलमा प्रियजनसँग खाना खाने अवसर पाउनेछन् भने क्लोजअपले दिने उपहार पनि पाउनेछन्।