एभरेस्ट ब्यांक र धनगढी नेत्रालयबीच उपचारमा छूट दिने सम्झौता
एभरेस्ट ब्यांक लिमिटेड र धनगढी नेत्रालय प्रालिबीच ब्यांकका ग्राहकलाई विशेष छूट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
योसँगै ब्यांकका सम्पूर्ण ग्राहकले धनगढी नेत्रालयका विभिन्न सेवामा १० प्रतिशतसम्म छूट पाउनेछन्। सम्झौतामा ब्यांकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले हस्ताक्षर गरेका छन्।
ब्यांकका ग्राहक, कार्ड प्रयोगकर्तासँगै कर्मचारी र उनीहरूका पारिवारिक सदस्यले अस्पतालबाट ओपीडी तथा आईपीडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म छूट पाउनेछन्। त्यस्तै, फार्मेसी तथा सर्जरीमा सेवामा पाँच प्रतिशतसम्म छूट पाइने ब्यांकले जनाएको छ।
सम्झौता कार्यक्रममा ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द तथा ब्यांकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वलकुमार पोखरेल पनि उपस्थित थिए