संघीय संसद्को महासचिवमा पाण्डेय नियुक्त
संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले माघ २३ गते पाण्डेयलाई महासचिव नियुक्त गरेका हुन्। प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिशमा पाण्डेयलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
रिव्दिकोट गाउँपालिका–१, पाल्पाका पाण्डेय प्रतिनिधि सभाको सचिव थिए। पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट दिएको राजीनामा स्विकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।