भीख माग्न नदिइएको भन्दै विरोध प्रदर्शन
सार्वजनिक स्थानमा भीख माग्न नदिइएको भन्दै दृष्टिविहीनहरूले महानगर प्रहरी बल, टेकु अगाडि विरोध प्रदर्शन गरेका छन्।
काठमाडौं महानगरपालिकाले २०७९ असार १७ गते एक सूचना जारी गरेर सार्वजनिक स्थानमा भीख माग्न निषेध गरेको थियो। त्यसपछि सडकपेटीमा गीत गाउँदै मागेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूलाई महानगरले हटाएको समेत थियो।
आज टेकुमा प्रदर्शन गर्दै उनीहरूले उचित व्यवस्थापनको माग समेत गरेका छन्।