कांग्रेसले माघ २४ गते पार्टी कार्यालय नखोल्ने
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा माघ २४ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरू बन्द गर्ने भएको छ।
कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले माघ २३, २४ र २५ गते केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र निर्धारित सबै कार्यक्रम स्थगन गर्ने निर्णय समेत गरेको छ। पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो।
१३औं दिनमा जिल्ला झापामा शोक सभाको आयोजना गर्ने र केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने निर्णय भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।