ग्लोबल आइएमई ब्यांकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट
ग्लोबल आइएमई ब्यांंक लिमिटेडका कार्डवाहक ग्राहकले दराजबाट अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्।
तीन महीनाका लागि छूट योजना ल्याइएको ब्यांकले जनाएको छ। ५ फेब्रुअरीदेखि ३० अप्रिलसम्म ग्लोबल आइएमई ब्यांकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन मार्फत सामान खरीद गर्दा १५ प्रतिशतसम्म छूट पाइनेछ।
ब्यांकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छूट पाउनेछन्।