विवेक र सोमपालले सम्हाले आर्मी, प्रहरीलाई १८२ रनको लक्ष्य
विवेक यादव र सोमपाल कामीले साझेदारी गरेपछि त्रिभुवन आर्मी क्लबले फाइनल खेलमा नेपाल प्रहरी क्लबलाई १८२ रनको लक्ष्य दिएको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले राम्रो शुरूआत गर्न सकेन। प्रारम्भिक ब्याटर इम्रान शेखले एकातिर पारी सम्हाले पनि अर्कातिर लगातार विकेट झर्दै गए।
आर्मीको ६९ रन हुँदा शेख पनि ३८ रन बनाएर आउट भए। त्यसपछि विवेक यादव र सोमपाल कामीले आर्मीलाई सम्हालेका हुन्। यादवले अर्धशतक प्रहार गरे। उनले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए।
त्यस्तै, कामीले ३९ रन बनाए। उनले ५८ बलमा एक चौका र एक छक्का प्रहार गरे। त्यसै गरी कुशल मल्लले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंंक पनि जोड्न सकेनन्।
प्रहरी क्लबका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन तथा सागर ढकाल, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
केही बेरमा प्रहरी क्लबले ब्याटिङ गर्नेछ।