सुदूरपश्चिम र लुम्बिनीमा एनसेल फोरजी सेवामा सुधार
एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा फोरजी सेवामा सुधार गरेको छ।
आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले फोरजी सेवामा सुधार गरिएको एनसेलले जनाएको छ। देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा सुधार गर्ने योजना रहेको एनसेलले जनाएको छ।
अहिले सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा क्षेत्रमा फोरजी सेवामा सुधार गरेको हो। त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर क्षेत्रमा पनि सुधार गरिएको जनाएको छ।
एनसेलले २०७४ सालमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा शुरू गरेको थियो। हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ।