बाँसबारी छाला जुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख पनि पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार थापालाई पक्राउ गरेको हो। कारखानाको जग्गा व्यक्तिका नाममा पुर्याउने खेलमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन्।
थापा कार्यकारी प्रमुख छँदा बाँसबारीको १० रोपनी जग्गा बेचेर कम्पनीको घाटा पुर्ताल गर्ने निर्णय भएको थियो। यही निर्णयका आधारमा चौधरी समूहले सरकारी जग्गा किनेको र त्यसवापत बाँसबारी कारखानालाई नगदको सट्टा शेयर दिएको थियो।
यस विषयमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले चौधरी समूहका सदस्य अरुण चौधरीलाई पक्राउ गरेको छ।