नेपालले बाङ्लादेशलाई दियो १७० रनको लक्ष्य
आइसीसी यू-१९ विश्वकपमा नेपालले बाङ्लादेशलाई १७० रनको लक्ष्य दिएको छ।
सुपर सिक्सको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको हो। नेपालका लागि विशाल बिक्रम केसीले ४८, देव खनालले ३५, सुवास भण्डारीले १८ र अर्जुन कुमालले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
बाङ्लादेशका लागि रोहनत बोर्सोनले चार, शेख पभेजले तीन, इक्बल हुसेन, मरुफ मृधा र जिसन आलमले एक-एक विकेट लिए।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा पुगेको हो। समूह चरणमा नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।