नेपालगन्जबाट कैलाश मानसरोवर उडान शुरू
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर अवलोकन* उडान शुरू भएको छ।
श्री एअरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो। भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेश लगायत स्थानबाट नेपालगन्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रूपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए।
पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गरे। यसले नेपालगन्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताए।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रवर्द्धनमा नेपालगन्ज-कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गरे। उनले अब नेपालगन्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन पर्ने बताए।
*अवलोकन हुनुपर्नेमा सीधा उडान भएकामा सच्याइएको - सम्पादक