कर्णालीबाट सावित्री, विष्णु र कृष्ण निर्वाचित
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की सावित्री मल्ल, दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु विक र अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका हुन्। तीनै जना सत्तारूढ गठबन्धनका उम्मेदवार हुन्।
मल्लले तीन हजार ७२२ मतभार प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की विमला शाहीले एक हजार ३६२ मतभार प्राप्त गरिन्।
त्यस्तै, दलिततर्फ विकले तीन हजार ८१७ मतभार प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका हिक्मतबहादुर विकले एक हजार २६७ मतभार प्राप्त गरे।
यसैगरी, अन्यतर्फ रोकायले तीन हजार ८७० मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका डिल्लीप्रसाद भट्टले एक हजार २१४ मतभार प्राप्त गरे।